फेवातालमा डुँगा पल्टियो

Advertisement

पोखरा । फेवातालमा सोमबार डुँगा पल्टिएको छ । डुँगा पल्टिँदा एकजना बेपत्ता भएका छन् भने दुईजनाको उद्धार गरिएको समाचार छ ।

बेपत्ता हुने काठमाडौंका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीको भनाई छ । आफैं डुँगा चलाएर गएका तीन जनामध्ये दुईजनाको उद्दार गरिए पनि एक लुइँटेल भने बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

उद्दार गरिएकाहरुमा रूपेश अधिकारी र सुबिन चालिसे छन् । उनीहरुलाई उद्धार गर्न गएका पोखरा खपौदीका ५० वर्षीय बुद्धी जलारी पनि बेहोस् भएपछि उनको प्रहरीले उद्धार गरिएको समाचार अन्नपूर्ण पोष्ट डटकमले प्रकाशित गरेको छ ।

उद्धार गरिएका सबैको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भइरहेको छ । फेवातालमा डुँगा चढ्दा लाइफ जाकेट लगाउनुपर्ने नियम भए पनि उनीहरुले नलगाएको प्रहरीको भनाई छ ।

Advertisement

Advertisement

Advertisement