बाफिया विधेयक निर्णयार्थ प्रस्तुत हुन सकेन, प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

Advertisement

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको आजको बैठक बुधबारसम्मका लागि स्थगन भएको छ ।

गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली काँग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । पछि सङ्घीय संसद् सचिवालयले सूचना जारी गर्दैै प्रतिनिधिसभा बैठक बुधबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको जनाएको छ ।

‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) बाफिया विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने कार्यसूची रहे पनि गणपूरक सङ्ख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन ।

यसैबीच प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको सो प्रस्ताव बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

Advertisement

Advertisement

Advertisement