एसीसी इस्टर्न क्रिकेटः मलेसियासँग २२ रनले नेपाल पराजित

Advertisement

काठमाडौं । थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा शनिबार सम्पन्न एसीसी इस्टर्न क्रिकेट खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको छ । मलेसियाले दिएको १५५ रनको लक्ष्यलाई नेपालले निर्धारित १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन मात्रै बनायो ।

सुरुमा टस जितेर ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। एसीसी इस्टर्न रिजन खेल एसिया कम छनोटका लागि भएको खेल हो । एसिया कम आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ । अहिले भइरहेको खेलमा नेपाल, मलेसिया, थाइल्यान्ड, हङकङ, सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । यस खेलबाट छनोट हुने दुई टिमले पाकिस्तानमा खेल्नेछन् । एसिया कप ट्वान्टी–ट्वान्टी खेल प्रत्येक दुई वर्षमा आयोजना हुन्छ ।

आजको खेलमा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिं ऐरीले ३८–३८ रन बनाए भने पवन सर्राफले १९ रन बनाए । मलेसियाका लागि सर्विन मुनियान्डीले ४, पवनदीप सिंह, स्याजरुल इन्द्रुस र खिजर हायात दुर्रानीले २–२ विकेट लिए। त्यस्तै, मलेसियाका लागि सइद अजिजले सर्वाधिक ५१ रन बनाए भने अनवर अरुद्दीनले ३१ रन बनाए । अहमद फैजले ३० रन र अमिनुद्दीन राम्लीले २९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए भने अविनाश बोहोराले २ र करण केसीले १ विकेट लिए ।

Advertisement

Advertisement

Advertisement