सडकमै उभिएर ट्राफिक नियम लेखिएको प्ले कार्ड देखाउन थाले ट्राफिक प्रहरी

Advertisement

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियमको सचेतना तथा पालनाको लागि ट्राफिक नियम लेखिएका प्लेकार्डहरू काठमाण्डौ उपत्यकाका सडकमै देखाउन बुधबारदेखि थालेको छ । उपत्यकाको व्यस्त चोकहरूमा सवारी चालकहरूलाई लक्षित गरि ट्राफिक नियम लेखिएको प्लेकार्ड देखाउने काम शुरू गरिएको हो ।

ट्राफिक नियम पालना नगरी लापरवाहीका साथ सवारी चलाउँदा दुर्घटना बढ्न सक्ने, ट्राफिक जाम बढ्ने र ट्राफिक व्यवस्थापनमा समेत असर पर्ने भएकाले सवारी कुदाईरहेका चालकहरूलाई सडकमै ट्राफिक प्रहरीले प्ले कार्डहरूमार्फत ट्राफिक नियम सिकाउन थालिएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले दिए । उनले भने– “अहिले ‘दाहिने साईडबाट मात्रै ओभरटेक गरौँ ।’ भन्ने ट्राफिक नियम लेखिएको प्लेकार्डहरू निर्माण गरिएका छन ।”

सवारी साधनले तीव्र र अनियन्त्रित गतिका साथै गलत ओभरटेकका कारण हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले प्राथमिकताका साथ यो अभियान थालिएको महाशाखाका प्रमुख ढकालले बताए ।

काठमाण्डौ उपत्यकाका ४७ स्थानहरूमा ट्राफिक नियम लेखिएका प्लेकार्डहरू सवारी रोकिएका वेलामा देखाइने व्यवस्था मिलाईएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । यसका साथै सम्पूर्ण सवारी चालकहरू विशेष गरी मोटरसाईकल चालकहरूले जथाभावी ओभरटेक नगरी लेन अनुशासन पालना गरी दाहिने साईडवाट मात्र ओभरटेक गरिदिनुहुन पनि महाशाखाले अनुरोध गरेको छ ।

Advertisement

Advertisement

Advertisement