औषधि, मास्क, स्यानीटाइजर निर्यात गर्न नपाइने, भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्नैपर्ने

Advertisement

काठमाडौँ । सरकारले औषधि, मास्क, स्यानीटाइजर विदेश निकासीमा प्रतिबन्ध लगाएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन र देशभित्रै औषधिजन्य वस्तुको खपत बढ्न सक्ने भन्दै गृह मन्त्रालयले यस्ता सामग्रीको निकासीमा प्रतिवन्ध लगाएको हो ।

मन्त्रालयले औषधिजन्य सामग्री बोकेको मालबाहक सवारी र व्यक्ति भेटिए उनीहरुबाट सामग्री जफत गरी स्थानीय प्रशासनलाई बुझाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिइएको छ । पछिल्ला कारबाहीमा मात्रै २० हजार मास्कसहित सीमा नाकाबाट विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाउँदै गृहले भारतबाट आएकालाई अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्न र त्यसको नियमित निगरानी र नियमनका लागि प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ ।

आइतबार साँझ गृहले १९ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमणविरुद्ध चालिएका निर्णय लागू गर्न प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिएको जानकारी दिएको छ । यस्तो छ विज्ञप्तिः

Advertisement

Advertisement

Advertisement