लकडाउनमा सेवा दिन नेपाल इन्स्योरेन्सले तोक्यो सम्पर्क व्यक्ति, प्रिमियम र दावी अब घरबाटै

Advertisement

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लकडाउन अवधीमा पनि बीमा सेवा दिनका लागि सम्पर्क व्यक्ति तोकेको छ । कम्पनीले सूचना प्रकाशित गर्दै सरकारले अघि सारेको लकडाउनलाई सफल बनाउने र बीमितलाई सेवा पनि दिने उदेश्यले सम्पर्क व्यक्ति तोकेको हो ।

‘सरकारले अघि सारेको कोरोना विरुद्धको अभियानलाई सार्थक बनाउनु हाम्रो कर्तव्य हो, साथै आफ्ना बीमितलाई नियमित सेवा दिनु पनि हाम्रो दायित्व हो, त्यसैले सम्पर्क व्यक्ति मार्फत सेवा लिन आव्हान गरेका हौं’, नेपाल इन्स्योेरेन्स कम्पनीका डेपुटी सिइओ बिक्रान्त पाण्डेले कर्पाेरेट नेपालसँग भने । कम्पनीले बीमा सेवाका लागि ४ जना र दावी सेवाका लागि ४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको हो । सेवा ग्राहीले घरबाटै बीमा शुल्क भुक्तानी वा दावी गर्न सक्ने पनि उनले स्पष्ट पारे ।

कम्पनीले तोकेका सम्पर्क व्यक्तिहरु मार्फत बीमाको जुनसुकै सुबिधा लिन सकिने पनि उनले स्पष्ट पारे । ‘बीमा भनेको बीमक र बीमितबिचको विश्वास हो, हामीले अनलाइनबाट सबै काम गर्न सक्ने व्यवस्था गरेका छौं, त्यसमा पनि समस्याा भएमा सम्पर्क व्यक्ति मार्फत सबै काम गर्न सकिन्छ’, पाण्डेले भने ।

सरकारले अघि सारेको लकडाउन नियम अनुसार कम्पनीका सबै शाखाहरु भने बन्द गरिएको उनले स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement