कोरोना नियन्त्रण गर्न कृषि विकास बैंक भैरहवा कार्यालयले प्रदेश ५ लाई गर्यो पाँच लाख सहयोग

Advertisement

बुटवल। कृषि बिकास बैंक ५ नं कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि प्रदेश ५ सरकारलाई पाँच लाख रुपियाँ सहयोग गरेको छ ।

बिश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि प्रदेश कार्यालय भैरहवाका निर्देशक चन्द्रसिंह थापाले ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई पाँच लाख रुपियाँको चेक हस्तान्तरण गरेका हुन् ।

सो समयमा कृषि बिकास बैंकले लक डाउनको अबधिमा समेत देशका बिभिन्न शाखाहरुबाट बैंकका सेवाग्राहीहरुलाई सुरक्षित रुपमा सेवा प्रदान गरीरहेको जानकारी दिँदै थापाले बैंकको ५ नं. प्रदेश कार्यालय अन्तर्गतका शाखाहरुले समेत यस समयमा स्थानीय प्रशासनसँग समन्वय गरी बैंकिङ सेवा प्रदान गरिरहेको बताएका थिए ।

यसअघि बैंकको भैरहवा प्रदेश कार्यालयले भैरहवास्थित नेपाल भारत सीमा नाका बेलहियामा भारत तथा अन्य मुलुकबाट नेपाल प्रबेश गर्ने यात्रीहरुलाई कोरोना भाईरस संक्रमणबाट सुरक्षित राख्नको लागि सावुनपानी र हेण्डवासले हात सफा गर्ने व्यवस्था गर्न हजार लिटरको पानी ट्यांकी, दुईवटा धारा सहितको बेशिन जडित फलामको स्ट्याण्ड हस्तान्तरण गरेको थियो । साथै संक्रमणबाट बचाउनको लागि दशगजा क्षेत्रमा सरसफाई कायम गर्न समेत बैंकले १० बोरा चुना समेत उपलब्ध गराएको थियो । साथै बैंकले नेपालगंजस्थित रुपडिया नाकामा समेत ट्यांकीसहित सावुन पानिले हात धुने व्यवस्था मिलाएको थियो ।

कृषि बिकास बैंकको केन्द्रीय कार्यालयले यसअघि नै कोरोना नियन्त्रणका लागि सरकारी कोषमा एक करोड २५ लाख रुपियाँ सहयोग गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement