एनएमबि बैंकमा भाइबरबाटै खाता खोल्न सकिने

Advertisement

काठमाडौँ । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भए संगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता/मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ ।

डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकवर्गलाई सहजता प्रदान गर्नु बैंकको प्राथमिकता रहेको र घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख हुने क्रममा भाइबरबाट खाता खोल्ने सेवा सुरु गरेको हो ।

ग्राहकहरुलाई बैंकिङ्ग अनुभवहरु प्रिष्कृत भएको महसुस गर्न भाइबरकै प्रयोगले खाता/मुद्दती निक्षेप खोल्ने नवीनतम र सुविधाजनक सेवाहरु ल्याईएको हो । वर्तमान परिप्रेक्ष्यमा यो सेवाको सुरुवात गर्नु सुरक्षाको मामलामा कुनै सम्झौता बिना ग्राहकलाई वित्तीय कारोवारहरु सम्पादन गर्न सहयोग पुर्याउने एक महत्वपूर्ण योजना हो’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement