ब्लड क्यान्सर पीडित बालिकाले गरिन सहयोगको याचना

Advertisement

काठमाडौँ । ब्लड क्यान्सर पीडित १४ वर्षिया बालिका हैतना बडुवालले उपचारका लागि सहयोगको याचना गरेकी छिन् ।

दैलेख जिल्लाको आठबीस नगरपालिका ३ की बालिका बडुवालको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको र उपचार खर्च ३६ लाख लाने चिकित्सकहरुले बताएको उनका आफन्तले जनाएका छन् ।

आर्थिक अवस्था कमजोर भएको र उपचार खर्च जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेकी हुन् । उनलाई सहयोग गर्न चाहनेले प्रभु बैंकको चाबहिल शाखामा रकम जम्मा गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement