कोरोना बीमाको ५० प्रतिशत प्रिमियम सरकारले तिरिदिने

Advertisement

काठमाडौं । सरकारले कोरोना बीमाको ५० प्रतिशत प्रिमियम तिरिदिने भएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य मार्फत कोरोना बीमाको ५० प्रतिशत प्रिमियम छुट दिने घोषणा गरेको हो । अब त्यस्तो बीमाको आधा प्रिमियम सरकारले तिरिदिनेछ ।

हाल ३५० रुपैयाँमा ५० हजार र ६ सय रुपैयाँमा एक लाख रुपैयाँको कोरोना बीमा हुँदै आएको छ । २० वटा निर्जिवन बीमा कम्पनीले २।२ प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत पुनर्बीमाको जोखिम बहन गरिरहेका छन् । कोरोना बीमामा पछिल्लो समय बीमा कम्पनीहरुले अनिच्छा देखाईरहेका छन् ।

Advertisement

Advertisement

Advertisement