विद्युत प्राधिकरणका युनियनहरुको असार २ सम्मको अल्टिमेटम, माग सम्बोधन नभए आन्दोलन

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अस्तित्व समाप्त पारी उर्जामा राज्यको उपस्थिति दयनीय बनाउन लागिएको भन्दै प्राधिकरणका तीन वटा क्रियाशील युनियनले प्राधिकरण खण्डिकरण गर्ने सरकारी तयारीको विरोध जनाएका छन् ।

आइतबार छलफलपछि उर्जामन्त्री बर्षमान पुनलाई ज्ञापनप बुझाउँदै उनीहरुले स्वदेशी तथा विदेशी भूमाफियाको स्वार्थमा प्राधिकरण टुक्राउन खोजिएको आरोप लगाउँदै यसले प्राधिकरणका कर्मचारीहरुको पनि भविश्य अन्योलमा पर्ने बताएका छन् । प्राधिकरणले सञ्चालन गर्दै आएका व्यवसायहरु यथावत रहने संरचना अपरिहार्य रहेको उनीहरुको माग छ ।

त्यस्तै, युनियनहरुले सोधभर्ना बिना नै प्राधिकरणलाई १३ अर्ब नोक्सान हुनेगरी विद्युत महशुलमा छुट दिने निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् । उनीहरुद्धारा जारी ंसंयुक्त ज्ञापनपत्रमा जनतालाई राहत दिने कुरामा आफूहरुको सहमति रहे पनि प्राधिकरणलाई सोधभर्ना नगरी प्राधिकरणलाई आर्थिक व्ययभर थप्ने कुराले सेवा प्रवाह पनि प्रभावित हुने उल्लेख गरिएको छ ।

युनियनहरुले आफूहरुमा माग असार २ गतेभित्र सम्बोधन हुनुपर्ने भन्दै नभए चरणवद्ध आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।

Advertisement

Advertisement

Advertisement