राष्ट्रिय जीवन बीमाले पूरै दावी रकम नदिएको भन्दै विद्युत प्राधिकरणका कर्मचारीले दिए उजुरी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले सरकारी स्वामित्वको राष्ट्रिय बीमा बीमा कम्पनीले सावधिक जीवन बीमा वापतको पूरै रकम नदिएको भन्दै नेपाल बीमा प्राधिकरणका उजुरी गरेका छन् । 

दिनेश शिवाकोटीको नाममा बुधबार दर्ता भएको निवेदनमा दुई महिना १० दिनको बीमा वापतको ब्याज रकम कम्पनीले कर्मचारीहरुलाई नदिएको गुनासो गरिएको छ । 

Advertisement

आफूहरुको बीमा गत मंसिर ७ नै परिपक्व भए पनि कम्पनीले माघ १७ गते मात्रै ३९ करोड चार लाख १३ हजार ६२४ रुपियाँ चुक्तानी गरेको भन्दै त्यो बीचको ब्याज रकम समेत पाउनुपर्ने विद्युत प्राधिकरणका कर्मचारीहरुको माग छ । यस्तो रकम पाउनेहरुको सयौंको सुची देखिन्छ ।  

उजुरी दिने शिकाकोटीलाई प्राधिकरणको सुचना बाहिर सार्वजनिक गरेको आरोपमा कार्यकारी निर्देशक कुलमान घिसिङले निलम्बन गरेका छन् । 

undefinedundefined

undefined
 

Advertisement

Advertisement