घर कर्जाको सिमा शत प्रतिशत बढाउनुपर्छः बैंकर्स संघ

Advertisement

काठमाडौं । बैंकर्स संघले घर कर्जाको सिमा शत प्रतिशत बढाउन माग गरेको छ । संघले राष्ट्र बैंकलाई बुझाएको मौद्रिक नीतिको सुझावमा घर कर्जाको सिमा शत प्रतिशतले बढाउन माग गरेको हो ।

हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले घर कर्जाका लागि एक करोड ५० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउँदै आएका छन् । बैंकर्सले अब भने त्यसलाई बढाएर ३ करोड बनाउन माग गरेका हुन् । घर कर्जामा जोखिम कम हुने भएकाले जोखिम भारलाई ६० प्रतिशतबाट ५० प्रतिशतमा झार्न सुझाव पनि दिएको छ ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अब नागरिकहरुको रोजाईमा घर निर्माण पनि पर्ने भएकाले ऋणको सिमा बढाउन आग्रह गरिएको पनि बताए । घर कर्जाको ऋणमा जोखिम समेत कम हुने भएकाले जोखिम भारलाई ६० प्रतिशतबाट घटाएर ५० प्रतिशत बनाउन पनि माग गरिएको उनले बताए ।

Advertisement

Advertisement

Advertisement