राष्ट्रिय बीमा संस्थानमा काठमाडौँ महानगरका कर्मचारीहरुको जीवन बीमा

Advertisement

काठमाडौँ । काठमाडौँ  महानगरपालिकामा कार्यरत कर्मचारीहरुको सामूहिक सावधिक जीवन बीमा गर्ने सम्वन्धमा विहीत्रबार महानगरपालिका र राष्ट्रिय बीमा संस्थान बीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा महानगरपालिकाको तर्फबाट प्रशासन विभागका विभागीय प्रमुख नमराज ढकाल र संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा महानगरपालिकाका प्रशासन विभागका प्रमुख नमराज ढकालले कर्मचारीहरुको हितमा संस्थानसंग जीवन बीमा जस्तो दुरगामी महत्वको सम्झौता गर्दा खुसी लागेको र संस्थानबाट गुण्स्तरीय सेवाको अपेक्षा राखेको उल्लेख गरे ।

त्यसैगरी संस्थानको तर्फबाट नायव महाप्रवन्धक महेश रिमालले संस्थान आफूलाई समयानुकूल परिमार्जन गर्दै वित्तीय रुपले सक्षम, प्रविधिको दृष्टिले आधुनिकता तर्फ उन्मुख रहेको र बिमितहरुलाई आकर्षक बोनस प्रदान गर्न सदा प्रयत्नशील रहेको बताए । संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानले सवै दृष्टिबाट सुधार गर्दै जीवन बीमाको क्षेत्रमा प्रतिस्पर्धी संस्थाको रुपमा स्थापित भई गुणस्तरीय सेवा प्रवाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Advertisement

Advertisement

Advertisement