सुनको मूल्य घट्यो, चाँदीको स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौँ । सुनको मूल्य आज घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ सय रुपियाँ घटेको छ भने चाँदीको मूल्य भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको लागि छापावाल सुनको मूल्य ९१ हजार २ सय, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७ सय ७५ र चाँदीको मूल्य मूल्य प्रतितोला ९ सय ४५ रुपियाँ निर्धारण गरिएको छ ।

हिजो र अस्ति सुनचाँदीको मूल्य स्थिर रहँदै छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ४५ रुपियाँमा किनबेच भएको थियो ।

Advertisement

Advertisement

Advertisement