ओलीसँग एक्लै लुसुक्क भेट्ने ? भन्दै आफ्नै नेताले गरे देउवाको आलोचना, काँग्रेसलाई अर्थ, गृह अफर

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री देउवालाई रातिको समयमा एक्लै गएर लुसुलुसु भेटेको भन्दै आफ्ना पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका छन् । आइतबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले ओलीलाई एक्लै रातिमा गएर भेट्नुको कारण के हो ? भन्दै जवाफ माग गरेका हुन् ।

पार्टी भित्रको किचलोपछि प्रधानमन्त्री केपी ओलीलाई देउवालाई रातिमा गोप्यरुपमा भेटेर समाचार बाहिरिएको थियो । आजै पनि नेकपाका संसदीय दलका उपनेता तथा प्रधानमन्त्री ओलीका विश्वासपात्र सुवासचन्द्र नेम्वाङले देउवालाई भेटेका थिए । सरकार आफ्नै पार्टीको कारण संकटमा परेको भेला ओली र नेम्वाङले देउवालाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।

आजको भेटमा ओलीले कांग्रेसलाई सरकारमा सहभागी गराउने प्रस्ताव दिएर नेम्वाङलाई देउवा निवास पठाएको हुनसक्ने लडकल गरिएको छ । कांग्रेस सरकारमा आउने भए गृह र अर्थ मन्त्रालय दिन सकिने ओलीको प्रस्ताव नेम्वाङले देउवालाई सुनाएका थिए ।

Advertisement

Advertisement

Advertisement