परराष्ट्रले गर्यो प्रधानमन्त्रीको प्रतिरक्षा, प्रमको अभिव्यक्ति राजनीतिक नभएको दावी

Advertisement

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको सोमबारको अभिव्यक्तिको प्रतिरक्षा गरेको छ । मन्त्रालयले विज्ञप्ति निकालेर राम जन्मभूमिबारेको प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग सम्वन्धित् नभएको जिकिर गरेको हो ।

भगवान रामको जन्मभूमि अयोध्या भारतमा नभई नेपालमा रहेको भन्दै प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा बोलेपछि त्यसले नेपाल र भारतमा ठूलो तरंग आएको छ । विशेषगरी भारतीय पक्षले यस विषयलाई गम्भीररुपमा लिन थालेपछि परराष्ट्र मन्त्रालयले यसलाई राजनीतिक विषय नभएको भनेर प्रतिरक्षा गर्न बाध्य भएको हो ।

मन्त्रालयले प्रधानमन्त्रीको भनाई कसैको भावनामा ठेस पुर्‍याउने आशयमा नआएको भन्दै नेपाल भारत सम्वन्धको चर्चा गरेको छ । प्रधानमन्त्री ‌ओलीले रामको जन्मभूमि अयोध्या नेपालको ठोरीमा रहेको तर यो तथ्य साँस्कृतिक अतिक्रमणमा परेको बताएका थिए । केही विज्ञानहरुले पनि खास अयोध्या भारतमा नभई नेपालमा रहेको जिकिर गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement