प्रमका सल्लाहकार भन्छन्– साहसिक प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छ भनेर बदनाम गर्न आटियो

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले साहासिक प्रधानमन्त्रीलाई बदनाम गर्न स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी रकम जम्मा रहेको भनेर गलत हल्ला फैलाइएको दावी गरेका छन् ।

फेसबुकमार्फत प्रेस नोट जारी गर्दै उनले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका हुन् । थापाले प्रधानमन्त्री ओलीको स्वीस बैंकमा कुनै खाता नरहेको बताउँदै समाचारमा आए जस्तो रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको बताएका छन् ।

प्रेस नोटमा भनिएको छ, ‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ । स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूको रवैया खेदजनक छ ।

थापाले राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्द गर्दै प्रधानमन्त्रीबाट राष्ट्रको नेतृत्व सम्हाल्ने काम भइरहेको भन्दै निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको जिकिर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement