कोरोना भाइरसले फिलिपिन्समा एक जनाको ज्यान गयो, चीनमा मृत्यु हुनेको संख्या तीन सय नाघ्यो

Advertisement

काठमाडौं । विश्व स्वास्थ्य संकटकाल घोषणा गरिएको नोबल कोरोना भाइरसबाट फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको छ । फिलिपिन्सको स्वास्थ्य विभागकाअनुसार, २५ जनवरीमा अस्पताल भर्ना भएका ४४ वर्षीय बिरामीको कोरानाको संक्रमणबाट मृत्यु भएको हो ।

चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरसको संक्रमण २२ देशमा फैलिसकेको छ । चीनमा मात्रै मृतकको संख्या ३०४ पुगेको छ । चीनको वुहान सहरमा देखापरेको कोरोना भाइरसले यतिबेला चीनमा महामारीको रूप लिइरहेको छ ।

विश्वका अन्य २२ देशमा यो भाइरसको संक्रमण देखिएका बेला चीन बाहिर फिलिपिन्समा पहिलो पटक संक्रमितको ज्यान गएको हो । कोरोनाबाट १२ हजार बढी संक्रमित देखिएको छ ।

Advertisement

Advertisement

Advertisement