बलिउडका चर्चित र लोकप्रिय अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि

Advertisement

काठमाडौं । बलिउडका चर्चित र लोकप्रिय अभिनेता अमिताभ बच्चनलाई कोरोना (कोभिड १९) पुष्टि भएको छ । ७७ बर्षीय उनले आफ्नो ट्वीटर र फेसबुक एकाउन्टमार्फत आफूलाई कोरोना पोजिटिभ देखिएको स्वीकार गरेका छन् । कोरोना देखिएपछि बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पताल भर्ना भएका छन् । सामाजिक सञ्जालमा उनले आफूलाई शनिबार कोरोना पोजिटिभ देखिएको बताउँदै आफू अहिले अस्पताल भर्ना भएको बताएका छन् । बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफको पनि कोरोना परीक्षण गरिएको बताएका छन् ।

Advertisement

यसैगरी, उनका छोरा तथा नायक अभिषेक बच्चनमा पनि कोरोना देखिएको समाचार छ । भारतीय सञ्चार माध्यमहरुले अभिषेकमा पनि कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएको जनाएका छन् ।

Advertisement

Advertisement