‘आइसोलेशनमा बस्नुपर्ने भयो’ भन्दै देउवा बैठकमा आउन मानेनन, संवैधानिक नियुक्ति अन्योलमै

Advertisement

काठमाडौं । संवैधानिक नियुक्तिमा भागबण्डा टुँग्याउन सत्तारुढ दलले आज बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले नआउने सुचना पठाएका छन् । 

‘आइसोलेशनमा बस्नुपर्ने भयो’ भन्दै देउवाले अन्तिम समयमा खबर पठाएपछि बैठक स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित १० वटा संवैधानिक निकायमा करिव ४० वटा पद रिक्त रहेकोमा सत्ताधारी दल र विपक्षीबीच लामो समयदेखि भागबण्डा मिल्न सकेको छैन् । 

Advertisement

आज भागबण्डा टुँग्याएर नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक डाक्ने तयारी गरिएकोमा देउवाले आफू आउने नपाउने खबर पठाएबाट अझै पनि भागबण्डा मिल्न बाँकी नै रहेको देखिन्छ । 

निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएकोले आइसोलेसनमा बस्नुपर्ने भएको तर्क गर्दै बैठक स्थगित गराएका हुन् । 

Advertisement

Advertisement