चार बीमा कम्पनीले सिइओ पाएनन्, नेपाल लाइफमा को ?

Advertisement

काठमाडौं । चार वटा बीमा कम्पनीहरु लामो समयदेखि सिइओ बिहिन छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले लामो समयदेखि निमित्तका भरमा सञ्चालन भैरहेका छन् । युनाइटेडले शेखर बरालको बहिर्गमनपछि सिइओ पाएको छैन् । त्यहाँ रमेश कुमार भट्टराईले निमित्त सिइओको जिम्मेवारी सम्हालिरहेका छन् । उनका विरुद्ध बीमा समितिमा आधा दर्जन भन्दा बढी उजुरी परेको छ ।

बैंकिङ पृष्ठभूमिका जीवन भट्टराईलाई सिइओ बनाउने बोर्डको निर्णयलाई बीमा समितिले रोकिदिएको छ । कम्पनीको वित्तिय अवस्था र सिइओका लागि प्रस्ताव गरिएको सेवा सुबिधाका बीचमा तालमेल नमिलेपछि भट्टराईको प्रस्तावले स्वीकृति नपाएको हो । 

उता, सानिमा लाइफ र जनरल इन्स्योरेन्स कम्पनीले स्थापना कालदेखि नै सिइओ फेला परेका छैनन् । सानिमा लाइफमा शिवराम तिमिल्सीनाले जनरल मेनेजरका रुपमा कम्पनी चलाईरहेका छन् । रिलायबल लाइफबाट ल्याएर अगम मुखियालाई सिइओ बनाउने प्रस्ताव बीमा समिति पुगेको छ । 

अर्का तिर, जनरल लाइफ इन्स्योरेन्स कम्पनीले पनि सिइओ पाउन सकिरहेको छैन् । स्थापना कालदेखि नै एस. के तमोटले जनरल मेनेजरका रुपमा कम्पनी चलाईरहेका छन् । कम्पनीले असोज ११ गतेदेखि ३० करोड रुपैयाँको आइपीओ जारी गर्दैछ । 

नेपाल लाइफबाट विवेक झा बाहिरिएको एक महिना बढी भैसकेको छ । कम्पनीले अझै नयाँ सिइओ नियुक्त गरेको छैन् । डेपुटी सिइओ सन्तोष प्रसाईलाई नै केहि समयभित्रै सिइओको जिम्मेवारी दिने सम्भावना रहेको बताइन्छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिकामा सिइओ पद कति समय खाली राख्न पाउने भन्नेबारे एकिन व्यवस्था नै छैन् । 

Advertisement

Advertisement

Advertisement