'हुतिहारा कार्यकर्ताहरु ! यति लामो जीवन दास भएर बाँच्नुभन्दा आत्महत्या गर'

Advertisement

काठमाडौं । एकजना टेलिभिजनकर्मीले पार्टीका इमान्दार कार्यकर्तालाई पार्टीभन्दामाथि उठेर देशका लागि बोल्न सल्लाह दिएका छन् । पत्रकार राजेन्द्र बानियाले दलका नेताहरुले दजनौं विकृति भित्राउँदा र गलत क्रियाकलाप गर्दा पनि इमान्दार कार्यकर्ताहरु मौन बसेको भन्दै अब पनि नबोल्ने हो भने आत्महत्या गर्न सल्लाह दिएका छन् ।

यस्तो छ उनको विचारः

Advertisement

हुतिहाराहरु आत्महत्या गर !!
इतिहासमा कम्युनिस्ट पार्टी बनाउँदा काङ्ग्रेस पार्टी कार्यालयका तात्कालिन सचिव पुस्प्पलाल श्रेष्ठको एउटै निचोड थियोः यो काङ्ग्रेस पार्टीले न गरिब जनताको भलो गर्न सक्छ न सामन्ती सत्ता ढाल्नसक्छ । तर आज त्यही बिरासतमा जन्मेको पार्टी ७१ बर्षमा आइपुग्दा बोइलर कुखुरा पाल्न बनाइएको फर्म चलाउन दर्ता भएको कम्पनी लिमिटेड जस्तो भएको छ । ब्यक्तिको पछि बलिदानी र इतिहास न्याच्छयावर गर्ने र जनताको मुद्दा भुसुक्कै बिर्सने पार्टी कम्तिमा नि पुष्पलालको पार्टी त हुनै सक्दैन । शैलीका हिसाबले मुसोलिनी जस्तो, खोक्रो राष्ट्रबादका हिसाबले हिटलर र नाजी जस्तो अनि कार्यशैलीका हिसाबले पोलपोट जस्तो पार्टी गणतन्त्रको उत्पादन कसरी हुनसक्छ ? पढाइ छोडेका,पन्चायत र काङ्ग्रेसले दुःख दिएर थातथलो छोडेका अनि जनताको मुक्तीका लागि साँच्चै हतियार बोकेका इमानदार कार्यकर्ताको पार्टी यस्तो हुन्छ ? अमेरिकामा आफ्नै पार्टीका तर्फबाट रास्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पलाई मात्र ७८ प्रतिशत रिपब्लिकनको समर्थन छ, अनि तिमी कँस भएनी हिरण्य कसिपु भएनी आफ्नै नेता भन्ने ? इमानको बिनिमय र जमिरको मृत्युुको सट्टा आत्महत्या गर कसरी भनुँ ?

कम्युनिस्ट पार्टी भनेको सामुहिक नेतृत्व र ब्यक्तिगत जिम्मेवारी हो । अहिलेको नेकपा ब्यक्तिगत नेतृत्व अनि सामुहिक जिम्मेवारी भएको छ । एउटाले बेइमानी गर्ने र कुल सन्तान पिर्ने पार्टी हो भन्छन्ः नेकपा । आँखामा पट्टि बाँधेका स्वार्थी र झर्ला अनि खाँउला भनेर ढुक्ने ढाडे बिरालाहरुको नेतृत्व नामको जमातमा बिबेकहीन गुटीय कार्यकर्ताको भिड हो पनि भन्न थालिएको छ । कोभिडले जनता आलसतालसमा परेका बेला ७९ दिनसम्म सिङ्ग जुधाएर भागबण्डामा राज्यस्रोत र कोशमा अंशियारी गर्ने सत्ता हो यो भन्ने दृस्टान्तको क्लाइमेक्सको सुटिङ हुँदैछ अहिले। अहिलेको मुख्यसचिवको राजिनामाको नाटक,नयाँ मुख्यसचिवको नियुक्ती अनि राजदूतमा सिफारिस भागबन्डाको शृंखला हो, यो सुरु हो अन्तिम होइन । संबैधानिक नियुक्तीका बेला देख्न पाइनेछ वर्तमान सत्ता र पार्टीहरुको नाङ्गो नाच । त्यतिबेला उनीहरु लजाउने छैनन् जनता अनि इमान्दार कार्यकर्ताले लाजले मुख छोप्नुपर्नेछ । अनि मैले त्यतिबेला कम्तिमा नि इमानदारीको मुकाम आत्महत्या कसरी भन्नू ?

मदन भण्डारीले दलीय पद्धति अनि खुला प्रतिस्पर्धामार्फत श्रेष्ठता हासिल गर्ने विधि तय गरेको पार्टीमा उनैका नक्कली सन्तानहरुले आज भण्डारीको बिचारको हत्या गरेका छन् । सत्तामा पुगेसी नियुक्त गरिएका कार्यकर्ताका एकएक बही खाता पल्टाएर हेर । तिनका आन्दोलन र युद्दमा योगदान हेर । अधिकांस पञ्चायतका मण्डले, बिचौलिया अनि हिजो आन्दोलनका बेला दुला पसेका र कालो धन्दा गरेका सरकारका रोजाई अनि कस्तो कम्युनिस्ट पार्टी तिम्रो ? तिमी जहिलेनी पार्टीको गीत गाईरहनुपर्ने अनि नियुक्ती जति आसेपासे, हुक्के र बैठकेले खाने । अनि तिनका पक्षमा तिमीले शुभकामना र बधाई दिएर रातभरी अनिधो सुत्नुपर्ने ।कम्तिमा नि तिम्रो नेतृत्वलाई भन यो देश हो तिम्रो मौजा हैन नि । सामाजिक सन्जालमा तिम्रो गीत गाउने र अरुलाई निबस्त्र गाली गर्नेदेखि म त पदमा भैन भने त कोरोनाले समाती हाल्छनी भनेर छाँद हाल्नेले मात्र हो नियुक्ती पाउने ? पढ्ने बेलामा किताब फाल्न लाएर सामन्तका नाममा आफन्त काट्न लगाएउ । अनि अहिले हामी कतारको तातोमा र बिचौलिया,मण्डले अनि काला व्यापारी चाहिँ सिंहदरबार र टारमा भनेर सोध्न सक्छौ ? सक्दैनौ भने मैले आत्महत्या गर भन्नू ?

कि तिम्रा पार्टीका असल कार्यकर्ताले पाएको बिद्द्याबारिधी नक्कली हो ? तीन लाखमा लाहुरबाट किनेर ल्याको त होइन नि ? नत्र डाक्टरको नाममा डाका शैलीको भाषा र बिगत भएकाको नियुक्तीले तिम्रो पार्टी त बदनाम भयो नै, तिम्रो राजनीतिक भबिस्य भारतको भाकपा बन्ने निश्चित छ । अनि तिमी त्यतिबेला जमानत नजोगिने चुनाब लड्ने प्यादा बन्छौ कि नेतृत्वलाई सोध्छौ (हाम्रो योग्यता र क्षमता तिम्रो भाषणमा ताली मार्ने मात्र हो ?

हुन त तिम्रो आस्था ७२ करोडको सर्पको बिषले समन गरिसक्यो, बुहारीको मुस्कानको सप्कोमा परिसक्यो, सम्धीको हुँकारमा बिलिन भइसक्यो भनेर बिरोधीहरु आरोप लगाउँछन् । तर पनि तिम्रा परिवारका सहिदले प्रस्न सोध्दा तिमी के जवाफ दिन्छौ हँ।रत्नकुमार बान्तवाहरुको सुराकी गर्नेले एकपछी अर्को नियुक्ती पाउने अनि आन्दोलनमा महेन्द्रको शालिक तोड्न जाँदा गोलि खाएको र अहिले भोकले खुलामन्चमा बाबुराम भान्छेले बाँडेको भात खाएको बिचरा तिम्रो नालायक समर्थकलाई के जवाफ दिन्छौ हँ ?

तिम्रा महाराजा त युबराजको मायामा पानी पानी भइसके भन्ने गुनासोको के जवाफ दिन्छौ ? तिम्रा नेता त खुसी छन् त्यो खाली भको कुर्सीमा छ्याकन खाएर एउटा बिचौलिया नियुक्त गर्न सिफारिसै गर्न पाइयो भने पनि दुई महिना केटाकेटीको बिदेश फी पठाउन पाइन्छ कि भन्ने दाउ छ यिनको । तर त्यो भ्रममा सुतेका तिम्रा पेटी ठेकेदारलाई यति गोठका मालिकले ढुकुटीको चाबी आफ्नै मालपोतको जग्गा फिर्ता गर्ने इमान्दार कारिन्दा बाहेकलाई दिन्नन् भन्ने होसै छैन । अनि तिमि तिनै लालचिका भेडा बनेर बसिरहन्छौ ? बिद्रोह तिमी गर्न सक्दैनौ तर बोल न हौ तिम्रो इमान मरेको हो ? इमानको श्राद्दनै त गरेको त होइन होला नि ती सिजदेखि झापाको पानी खाएकाहरुको ? तिमी जत्तिको लगनशीललाई ठगहरुले बिलोको भाउमा भाग लगाइसके । तिमी सुतेको नाटक गरेर कति सुँक्क सुँक्क नाक बजाउँछौ हँ ? नेताले लाजको डाँडी भाँचिसके तिमी पार्टीको भाङ्ग्रो कति च्याप्छौ हँ ? यत्रो लामो जीवन दास भएर बाँच्नुभन्दा इमान्दारले आत्महत्या गरेको बेस भन्ने दिन आयो ? होइन भने बोल,उठ, दलको दलदलबाट माथि आउ, देश रहे सब रहन्छ ,अफगानिस्तान बनाए भने पछुताउनुको बिकल्प के हुन्छ र ?

Advertisement

Advertisement