ब्रोकर कमिसन घटाउन माग गर्दै आज लगानीकर्ताले धितोपत्र बोर्ड घेर्दै

Advertisement

काठमाडौं । ब्रोकर कमिसन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ता सम्बद्ध संघहरुले नेपाल धितोपत्र बोर्ड घेर्ने भएका छन् । लगानीकर्ता सम्वद्ध संघहरुले बिहान ११ बजे धितोपत्र बोर्ड घेर्ने कार्यक्रम तय गरेका हुन् । 

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ११ बजे बोर्डमा धर्ना बस्ने कार्यक्रम तय भएको जानकारी दिए । उनले ब्रोकर कमिसन घटाउनका लागि दबाव सृजना गर्ने उदेश्यले कार्यक्रम राखिएको पनि बताए । लगानीकर्ता सम्वद्ध संघहरुले ब्रोकर कमिसन ०.२५ प्रतिशत मात्रै कायम गर्नुपर्ने माग राख्दै आएका छन् ।

कारोबार रकम बढेकाले अब पनि ब्रोकर कमिसन नघाटाइनु लगानीकर्तामाथी अन्याय भएको उनीहरुले आरोप लगाउँदै आएका छन् । धितोपत्र बोर्डले पनि ब्रोकर कमिसन घटाउने सम्बन्धी अध्ययन प्रतिवेदन नै तयार पारिसकेको छ । बोर्डका सहायक प्रवक्ता रुपेश केसीले प्रतिवेदन तयार भएको छ र निकट भविष्यमै ब्रोकर कमिसन पुनरावलोकन हुने सम्भावना बढेर गएको बताए । 
 

Advertisement

Advertisement

Advertisement