पार्टी फुटाएको रिसमा दीपक मनाङ्गेले नेकपालाई बुझाएको लेबी फिर्ता मागे

Advertisement

पोखरा । गण्डकी प्रदेशका साँसद राजीव गुरुङ (दीपक मनाङ्गे)ले सत्तारुढ दल नेकपालाई बुझाएको पार्टी लेबी फिर्ता मागेका छन् । पार्टी फुटाएको भन्दै उनले नेकपालाई अहिलेसम्म बुझाएको लेबी फिर्ता माग्नुका साथै अब पारिश्रमिक नकाट्न आग्रह पनि गरेका छन् । 

गुण्डा नाइकेका रुपमा चिनिएका र थुप्रै अभियोगमा सजायँसमेत भोगेका उनी मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद जितेका थिए । पछि उनी नेकपामा प्रवेश गरी प्रदेश सभामा सत्तारुढ दलको लाइनमा बस्दै आएकामा पछिल्लो समय पार्टी फुटाएको भन्दै उक्त दल छोडेर आफू स्वतन्त्र साँसद भएको घोषणा गरेका छन् । 

Advertisement

आफूले दुई तिहाइ बहुमतका लागि मात्र नेकपालाई समर्थन गरेको भन्दै उनले पारिश्रमिकबाट नेकपालाई अहिलेसम्म बुझाएको एक लाख रुपियाँभन्दा बढि लेबी फिर्ता मागेका छन् । मनाङ्गेले आफू नेकपामा प्रवेश गरेको भन्ने कुनै आधार र प्रमाण नरहेको भन्दै आफू स्वतन्त्र साँसद भएको बताएका छन् । 

उनले हरेक महिना पार्टीलाई छ हजार पाँचसय लेबी बुझाउँदै आएका थिए । प्रदेशको वर्तमान सरकार ढलेर नयाँ बन्ने अवस्था आएपछि उनले आफूलाई स्वतन्त्ररुपमा उभ्याउन खोलेका हुन् । स्वतन्त्रलाई पार्टीको ह्वीप लाग्दैन् । उसले जुन दललाई पनि समर्थन गर्नसक्छ । 
 

Advertisement

Advertisement