माथिल्लो चाकु—ए ले एक हप्ताभित्र परीक्षण उत्पादन सुरु गर्ने

Advertisement

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको सिन्धुपाल्चोकको भोटेकोशी– ४ फूल्पिङकट्टीस्थित माथिल्लो चाकु—ए जलविद्युत आयोजना (२२ दशमलव २ मेगावाट)को परीक्षण उत्पादनको तयारी गरिएको छ । आयोजनाले एक साताभित्र परीक्षण उत्पादन सुरु गर्ने कम्पनीले जनाएको छ । 

परीक्षण उत्पादनलगत्तै अर्को साता भित्रमा व्यवासायिक उत्पादन पनि सुरु हुनेछ । शिवश्रीका प्रबन्ध निर्देशक बिष्णु खत्रीका अनुसार आयोजनाले तत्काल ८ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने छ । 

Advertisement

आयोजनाको बिजुली लामोसाँघुमा रहेको नेपाल बिद्युत प्राधिकरण सबस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ । माथिल्लो चाकु—ए निर्धारित समयभन्दा चार बर्ष ढिलो सम्पन्न हुन लागेको हो । २०७२ सालको विनाशकारी भूकम्प, बाढीपहिरोका कारण निर्धारित समयमा सम्पन्न गर्न नसकिएको कम्पनीका अधिकारीहरुको तर्क छ । 

२०६९ साउनबाट निर्माण सुरु गरिएको यो आयोजना २०७३ भित्रै सम्पन्न भइसक्नुपर्ने थियो । आयोजना सम्पन्न गर्न पाँच अर्ब १० करोड रुपियाँ खर्च भएको छ । माथिल्लो चाकु—ए मा सिटिजन बैंकसहित १२ वटा बैंक वित्तिय संस्थाको लगानी रहेको छ । 

Advertisement

Advertisement