नेपाल र बंगलादेशबीचको फुटबल खेल हेर्न ओली आज दशरथ रंगशाला जाने
फाइल फोटो

Advertisement

काठमाडौँ । नेपाल र बंगलादेशबीच सोमबार अपरान्ह ५ हुन लागेको थ्री नेसन्स कप फुटबलको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी ओली पनि दशरथ रंगशाला जाने भएका छन् ।

नेपाल, बंगलादेश र किर्गिस्तानको त्रिदेशीय यस खेलमा किर्गिस्तान बाहिरिएपछि नेपाल र बंगलादेशबीच आज फाइनल खेल हुन लागेको हो । अखिल नेपाल फुटबल महासंघ (एन्फा)का अनुसार प्रधानमन्त्री ओलीले खेल अवलोकनसँगै विजेता उपविजेता टिमलाई पुरस्कार प्रदान गर्नेछन् । 

Advertisement

चैत १० गतेबाट सुरु भएको त्रिदेशीय खेल सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलको तयारीका लागि आयोजना गरिएको हो खेलको बिजेता टिमले पाँच हजार अमेरिकी डलर, उपविजेताले तीन हजार डलर पाउने छ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई पाँच सय डलर र म्यान अफ दी म्याचलाई २५० अमेरिकी डलर प्रदान गरिने छ ।

Advertisement

Advertisement