'संकटकाल लगाएर अहिलेको प्रदुषण जाँदैन, जंगलको आगो निभाउ'

Advertisement

काठमाडौं । गद्दीमा नरहेका राजा ज्ञानेन्द्रले देशमा फैलिएको अहिलेको प्रदुषण स्वास्थ्य संकटकाल लगाएर नजाने भन्दै जंगलमा भइरहेको आगजनी नियन्त्रण गर्न सरकारलाई सल्लाह दिएका छन् । 

उनले यस अवस्थाबाट विकराल समस्या आउनुभन्दा अगाडि नै ठोस कदम चाल्न र जागरुप युवालाई पक्राउ नगर्न आग्रह गरेका छन् । राजाको ट्वीटमा भनिएको छ, ‘देशमा हाल फैलिएको प्रदुषण केवल प्राकृतिक प्रकोप मात्र नभै हामीले अपनाउनुपर्ने सामान्य वातावरण संयमताको पनि दोष हो। जङ्गलमा भईरहेको आगजनी तुरून्त नियन्त्रण गर्न सरकारले उचित कदम चाल्नु जरूरी छ। स्वास्थ्य सङ्कटकाल घोषणा गर्नु मात्र समास्याको समाधान होइन।’

Advertisement

ट्वीटमा थप भनिएको छ, ‘देशका जागरूक युवा र राज्यशक्तिको सक्दो सदुपयोग गरी यस समस्याबाट छिटो उन्मुक्त हुन राज्यले खासै ठोस कदमको तयारी गरेको देखिदैंन। बिकराल स्थिति आउनुभन्दा पहिले नै यसतर्फ उचित ध्यान दिइयोस्। जागरूक युवा पक्राउ गर्नु भन्दा प्रयोग गर्नु बुद्धिमानी होला ।’

काठमाडौं उपत्यकासहित देशका अन्य स्थानमा देखिएको वायु प्रदुषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सक तथा बाताबरणविद्हरूले बताइरहेको बेला राजा ज्ञानेन्द्रको प्रतिक्रिया आएको छ । 

Advertisement

Advertisement