‘जनतामा निराशा पैदा भएको बेला म जन्मदिन मनाउन सक्दिन्’

Advertisement

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनतामा निराशा पैदा भएको बेला आफूले जन्मदिन नमनाउने निर्णय गरेका छन् । अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै बुधबार परेको जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका हुन्  । 

राजा ज्ञानेन्द्र शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन, संक्रमण संकट र अन्योलको अवस्थामा देखा परेको छ। परिवर्तन र अग्रगमनका चर्का र झूठा नाराका कारण जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै हामीले आफ्नो जन्मदिनलाई उत्सवका रूपमा नमनाउने निर्णय गरेका छौं ।’ 

Advertisement

गद्दिबिहीन अवस्थामा रहेका राजाको जन्मोत्सवको अवसरमा आज सामाजिक सञ्जालमा निकै धेरै शुभकामना दिइरहेको देखिन्छ । 

Advertisement

Advertisement