‘जुन सहरमा अत्यधिक मोटरसाइकल गुड्छ, बुझेहुन्छ त्यहाँको सभ्यता खत्तम हुन्छ’

Advertisement

काठमाडौं । विश्लेषक मुमाराम खनालले सहरमा धेरै मोटरसाइकल कुद्नु सार्वजनिक यातायात व्यवस्थापन र सभ्यताको हिसावले राम्रो नभएको तर्क गरेका छन् । 

ट्वीट गर्दै उनले धनी वर्ग गाडि चढ्ने र विरोध गर्नसक्ने वर्ग मोटरसाइकल किनेर चुप लाग्ने गरेको भन्दै विपन्न वर्गको आवाज राज्यले  नसुन्ने गरेको बताएका छन् । 

Advertisement

खनाल लेख्छन्, ‘संभवतः नेपालमा सबैभन्दा वेहाल क्षेत्र सार्वजनिक यातायातको होला । सम्पन्न वर्ग कार चढ्छ र विपन्न वर्गको आवाज सुनिदैन्। विरोध गर्नसक्ने वर्ग सबैले बाध्य भएर मोटरबाइक किन्छ अनि चुप लाग्छ । जुन सहरमा अत्यधिक मोटरबाइक कुद्छ । बुझेहुन्छ, त्यहाँको सार्वजनिक यातायात र सभ्यता खत्तम हुन्छ ।

Advertisement

Advertisement