जसपा विवादः रेशम चौधरी तटस्थ बसे, महन्थलाई ‘भीष्मपिता’को संज्ञा

Advertisement

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादमा सो पार्टीका नेता रेशम चौधरी तटस्थ बसेका छन् । ‘हेड काउन्ट’का लागि भन्दै निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव समूहलाई बोलाएको बेला रेशमलाई पनि डिल्लीबजार कारागारबाट झिाइएको थियो । 

टीकापुर काण्डका मुख्य दोषीको रुपमा अदालतले सजाय दिएपछि चौधरीले अहिले जेल सजाय काटिरहेका छन् । उनलाई जेलमुक्त गर्न जसपाका नेताहरूले आग्रह गर्दै आए पनि सरकारले अस्वीकार गर्दै आएको छ । 

Advertisement

कार्यकारिणी समिति सदस्यको सनाखतका लागि प्रहरीले कडा सुरक्षाबीच उनलाई निर्वाचन आयोग पुर्याएको थियो । आयोग पुगेपछि उनले आफू तटस्थ रहेको बताएका थिए । उनले जसपा अध्यक्ष महन्थ ठाकुरलाई ‘भीष्मपिता’को संज्ञा दिँदै ठाकुरप्रति उच्च सम्मान रहेको बताए । 

चौधरीले भने, ‘महन्थ ठाकुरप्रति भीष्मपिताको दर्जा लिइदिनहुन अनुरोध गर्दछु ।’ अर्का अध्यक्ष उपेन्द्र यादवप्रति पनि आफ्नो सम्मान रहेकोले तटस्थ बसेको बताए । पत्रकारसामु बोल्दा निकै भावुक बनेका  उनले भने, ‘मेरो पक्ष पनि जसपा हो विपक्ष पनि जसपा हो ।’

हरियो कुर्ता, नेपाली टोपी र चश्मामा पुगेका चौधरीले आयोगका पदाधिकारीसमक्ष तटस्थ रहेको जवाफ दिएका थिए । 

Advertisement

Advertisement