ब्रिटिश प्रधानमन्त्रीको कार्यालय नजिक भूपू गोर्खा सैनिकहरूको आमरण अनशन सुरु

Advertisement

काठमाडौं । भूतपूर्व गोर्खा सैनिकहरूले आफूहरूविरुद्धको भेदभाव अन्त्य हुनुपर्ने भन्दै लण्डनस्थित ब्रिटिश प्रधानमन्त्रीको कार्यालय नजिक आमरण अनशन सुरु गरेका छन् । 

गत जुलाई २१ देखि रिले अनशन गर्दै आएका उनीहरूले शनिवारदेखि आमरण अनशन शुरू गरेका हुन । उनीहरू अनशन बसेको ठाउँ ब्रिटिश प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालय नजिकै रहेको छ । 

Advertisement

भूपू गोर्खा सैनिकहरूले शनिबार लण्डनमा विरोध प्रदर्शनमा पनि उत्रिएका थिए । बीबीसीका अनुसार प्रदर्शनकारीहरूले ‘आयो गोर्खाली’, ‘हामी न्याय चाहन्छौं’ जस्ता नारा लगाएका थिए। उनीहरूको विरोध प्रदर्शनलाई केही बेलायती पूर्व सैनिकहरूले समेत साथ दिएका थिए । 

सन् १९९७ भन्दा पहिला ब्रिटिश सेनाबाट सेवानिवृत्त गोर्खा सैनिकहरूले पेन्सन लगायतका सुविधामा भेदभाव गरिएको भन्दै भेदभाग अन्त्यको माग गर्दै आएका छन् । तर ब्रिटिश सरकारले त्यसलाई सुनुवाई गरेको छैन् । 

भूपू गोर्खा सैनिकहरूले आफ्ना माग पूरा नभएसम्म आमरण अनशन जारी राख्ने बताएका छन् । सत्याग्रह संयुक्त सङ्घर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा राना घलेले आमरण अनशन शुरू गरेका हुन्। उनीहरूले आफ्नो राष्ट्रमाथि ब्रिटिश सरकारले भेदभाव गरेकोले आन्दोलन जारी राख्नुपरेको बताएका छन् । 

Advertisement

Advertisement