कुन जीवन बीमा कम्पनी कति जोखिममा  ? दायित्वको आधारमा सबैभन्दा जोखिममा नेपाल लाइफ

Advertisement

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा दायित्वका आधारमा सबैभन्दा जोखिममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखिएको छ । विवरणअनुसार सबैभन्दा ठूलो कारोबार गर्ने पूरानो कम्पनी नेपाल लाइफ सबैभन्दा बढी जोखिममा देखिएको हो । 

बीमा अरूको दायित्व बहन गर्ने र जोखिम किन्ने एक मात्र क्षेत्र हो । तर बीमा कम्पनीहरूले अरूको जोखिम बहन गर्दा आफै जोखिममा पर्ने गरेको विवरणबाट देखिएको छ । 

Advertisement

त्यसपछि जोखिमका आधारमा दोस्रो नम्बरमा अमेरिकी लगानीको मेटलाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने तेस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफले तिर्नुपर्ने दायित्व दुई अर्ब ५५ करोड रुपियाँ रहेको छ भने मेटलाइफको दायित्व ८३ करोड रूपियाँ छ । नेशनल लाइफको भने ७२ करोड रूपियाँ रहेको छ ।

त्यस्तै, एलआईसी नेपालको २५ करोड, राष्ट्रिय बीमा संस्थानको १६ करोड, एशियन लाइफको चार करोड, ज्योति लाइफको दुई करोड छ भने आईएमई लाइफ, सूर्या लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफ, महालक्ष्मी लाइफ र रिलायबल लाइफको भने भुक्तानी गर्न बाँकी रकम न्यून रहेको छ ।  

नयाँ बीमा कम्पनीको आम्दानी र जोखिम दुवै कम देखिएको छ । तर पूराना बीमा कम्पनीको जोखिम बढी देखिएको हो । चालु आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांकलाई आधार मान्दा जीवन बीमा कम्पनीको जोखिम चार अर्ब ६५ करोड रूपियाँ रहेको छ । 

यस्तो छ विवरणः

Advertisement

Advertisement