नबिल बैंकले प्राप्ति गर्ने भएपछि एनबी बैंकको शेयर कारोबार रोक्का

Advertisement

काठमाडौँ । नेपाल बंगलादेश(एनबी) बैंकको शेयर कारोबार रोक्का भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले नबिल बैंकले एनबीलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीमा हस्ताक्षर भएसँगै धितोपत्रको दोस्रो बजार कारोबार आजदेखि रोक्का राखेको हो ।

Advertisement

नबिलले एनबीलाई प्राप्ति गर्ने समझदारी पत्रमा बिहीबार हस्ताक्षर भएको थियो । शेयर अनुपात १००ः४३ रहने समझदारी भएको छ ।

बैंकहरुले प्राप्ति कार्य पाँच महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छन् । नबिलले नेपाल बङ्गलादेश बैकलाई प्राप्तिपछि बैकको प्राथमिक पुजी रु. ४३ अर्ब चुक्ता पुजी २२ अर्ब ५० करोड कर्जा तीन खर्ब निक्षेप तीन खर्ब १४ करोड हुनेछ । 

गैरकोषमा आधारित व्यवसायको आकार एक खर्ब ३० अर्ब माथी हुने जनाइएको छ । शाखा संजाल तत्कालै २३५ पुग्नेछ भने ग्राहक संख्या १६ लाख माथी हुनेछ । 

लामो कसरतपछि नविल–एनबीबीच प्रारम्भिक मर्जर सम्झौता

Advertisement

Advertisement