सेगवे नाइनबटको स्मार्ट इलेक्ट्रिक स्कुटर ‘इ–१००’ नेपाली बजारमा, सुरूवाती मूल्य २ लाख ९१ हजार

Advertisement

काठमाडौं । सेगवे नाइनबोटले इलेक्ट्रिक स्कुटर ‘इ–१००’ नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले सन् २००१ देखि इलेट्रिक भेइकलका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी उत्पादन गर्दै आएको छ ।

‘‘इ–१००’ सेगमेन्टको उक्त स्कुटर यही माघ तेस्रो हप्तादेखि नेपाली बजारमा वारेन्टीको सुविधासहित उपलब्ध हुने कम्पनीले जनाएको छ । त्यस्तै, निकट भविष्यमा अन्य मोडलका स्कुटर पनि ल्याउने कम्पनीको तयारी छ ।

Advertisement

यस्ता छन् विशेषता
कम्पनीले सेगवे ‘इ–१००’ सुरक्षाका हिसाबले उत्कृष्ट रहेको जनाएको छ । चालक नबसेसम्म यो स्कुटर स्टार्ट हुँदैन । त्यस्तै स्कुटरको स्ट्यान्ड नउठाउँदासम्म स्कुटर चल्दैन । रिमोट कन्ट्रोलका दुई वटा बटन रहेको स्कुटरमा सिट कुसनको तल्लो भागमा २२  लिटर क्षमताको सिट कास्क राखिएको छ । उक्त स्थानमा १३ इन्चको ल्यापटप तथा सोही आयातका वस्तुहरू राख्न सकिन्छ ।

‘‘इ–१००’ विभिन्न चार आकर्षक रंगहरूमा उपलब्ध छन् । कालो, सेतो, नीलो र रातो रंगमा उपलब्ध विद्युतीय स्कुटरको तौल ८० किलो रहेको छ । यसमा छ वटा लेन्स राखिएको छ भने स्वचालित रूपमा वातावरणीय प्रभावअनुसार प्रकाश फ्याक्ने सुविधा पनि उक्त स्कुटरमा उपलब्ध छ । त्यस्तै, इ स्कुटरमा मोबाइल चार्र्जिङ स्लट, तीन फरक ड्राइभिङ मोड, लिथियम आयन युक्त पानी प्रतिरोधी ब्याट्री जस्ता सुविधाहरू उपलब्ध छन् ।

यसमा चार भोल्युमबाट १०० प्रतिशत भोल्युमसम्म चार्ज गर्न लगभग सात घण्टा लाग्छ । डुअल ब्याट्री मोड अन्तर्गत यसमा दुई सय किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । कम्पनीले सो ‘इ–१००’ स्कुटरको सुरूवाती मूल्य दुई लाख ९१ हजार रूपियाँ तोकिएको छ ।

Advertisement

Advertisement