तीन बीमा कम्पनीको शेयर कारोबार रोक्का, मर्जरका लागि बीमा समितिसँग मागे स्वीकृति

Advertisement

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले तीन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ ।

गत बैशाख २९ गते एकआपसमा मर्जर सम्बन्धी  समझदारीमा हस्ताक्षर गरेका प्राइम लाइफ, गुराँश लाइफ र यूनियन लाइफको शेयर कारोबार आजैदेखि रोक्का गरिएको नेप्से सूचीकरण शाखाका अधिकृत नवराज थापाले जनाएका छन् । 

Advertisement

यसैबीच मर्जर सम्बन्धी एमओयूमा हस्ताक्षर गरेका यी तीन बीमा कम्पनीले आज सम्झौताबारे बीमा समितिलाई औपचारिक जानकारी गराएका छन् । 

तीन कम्पनीका जिम्मेवार पदाधिकारीले समितिका अध्यक्ष सूर्य सिलवाललाई संयुक्त पत्र बुझाउँदै मर्जरका लागि स्वीकृति माग गरेका हुन् । 

बीमा समितिले पूँजी बृद्धि योजना ल्याएपछि यी तीन कम्पनीले पनि मर्जरको बाटो तय गर्ने निश्कर्ष निकालेका हुन् ।

नेप्सेले यसअघि नै मर्जरमा जाने सम्झौता गरिसकेका हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सको शेयर कारोबार पनि रोक्का राखेको छ । 

बीमा क्षेत्रमा पनि ‘बिग मर्जर’: प्राइम, गुराँस र युनियन एक हुने

हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता

Advertisement

Advertisement