‘अर्थतन्त्र संकटबाट बचाउन राजनैतिक रंग र स्वार्थ नभएको ‘टास्कफोर्स’ बनाएर समाधान खोजौं’

Advertisement

यो आर्थिक बर्ष अर्थतन्त्रका लागि उत्साहप्रद रहेन् । कोभिडको त्रासले जति बिगार्छ सोचेका थियौ, त्यति बिगारेको थिएन । तर, कोभिड शान्त हुँदै गर्दा अर्थतन्त्रले गति लिन्छ की भन्ने अपेक्षा पूरा हुन सकिरहेको छैन् । केही सुचकांक निम्नानुसार छन् ।

१. मुद्रास्फीतिको दर दुई गुणाभन्दा बढिले बढेर ६ प्रतिशत हाराहारी पुगेको छ । थोक मूल्यको मुद्रास्फीति १० प्रतिशतभन्दा बढिले बढ्यो । 

Advertisement

२.  कर्जा वृद्दिदरको एक तिहाइ पनि निक्षेपको बृद्दिदर हुन सकेन् । स्थानीय सरकारको खाताको ८० प्रतिशतसम्म रकमलाई बैक तथा वित्तीय संस्थाको निक्षेपमा गणना गर्न मिल्ने व्यबस्था गर्दा समेत सवा खर्ब निक्षेप बृद्धि पनि हम्मेहम्मे भयो । बैकहरुको सीडी रेसियो ९१ प््रतिशतको हाराहारी छ  ।

३.  व्यापार घाटा ३८–४० प्रतिशतले बढेको छ । बैदेशिक मुद्रा संचिति घट्दै गएर साढे छ महिनासम्मको वस्तु तथा सेवा आयात गर्न मात्र पर्याप्त छ र चाप बढ्दो छ ।

४. दुई लाखभन्दा बढि थप नेपाली नागरिक बैदेशिक रोजगारमा जाँदा पनि रेमिटेन्स ६ प्रतिशत को हाराहारीले घटेको छ ।

५.  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५५ प्रतिशतभन्दा बढिले बृद्दि भएकाले त्यसको असर नेपालमा पनि परेको छ ।

६.  सरकारले पुर्ववत पुँजीगत खर्च गर्न सकेन् । बैदेशिक ऋण तथा सहायता बजेटको अनुरूप प्राप्त हुन सकेको छैन् । बैदेशिक लगानीको लक्ष्य, गफ र तथ्यको अवस्था उस्तै छ ।

८. सरकार तथा सरकारी निकायहरूले नेपाल राष्ट्र बैंकमा खोलेका खाताहरूमा रु. १०० अर्बभन्दा थप रकम जम्मा भएको छ यसले तरलतामा थप चाप परेको छ ।

९. ब्याजदरमा वृद्धि भएको छ । नयाँ कर्जा पाउनै मुस्किल । पाइहाले पनि १३ प्रतिशतभन्दा माथिको ब्याजदरमा लिनुपर्ने स्थिति छ । यसले उधमशिलतालाई निरूत्साहित गर्छ र यसको दूरगामी असर पर्दछ ।

१०. देशको अर्थतन्त्रका सुचकांकहरु जस्तै रहे पनि नेपालीहरूको बैदेशिक यात्रा राम्रै बढेको छ । देशमाभन्दा विदेशमा सम्भावना बढि देखिँदा पढ्न या पढ्न भनेर विदेशिने संख्या राम्रै बढ्दा यस्तो भ्रमणमा हुने खर्च ९२ प्रतिशत हाराहारीले बढेर रु. ३६ अर्बमाथि पुगेको छ ।

११.  पुँजीबजारप्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक रु। २०–२२ अर्ब कारोबार रकम पुगेको बजार घटेर रु। २–३ अर्ब सिमित भएको छ । यसले लगानीकर्ताहरुमा निराशासँगै पुँजी पलायनको समेत आशङ्का गरिएको छ ।

तरलता अभावमा शुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिँदै समाधानका बारेमा सोचिएन् । यस पटकको तरलता अभाव सिस्टेमिक हो र छिटै सहजै समाधान हुँदैन भन्ने मेरो धारणा सुरुवात मै थियो । यस पटक अर्थतन्त्रका सुचकांकहरु सबै तिरबाट बिग्रेका छन् । एउटा प्वाल टाल्यो भने अरु दुई प्वाल पर्ने स्थिति छ । अहिले कसले कसलाई दोष दिएर आफू चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन । समाधानका उपायहरुमा लाग्नुपर्छ । अनी होस्टेमा हैंसे गर्नुपर्छ । आत्तिनुपर्ने होईन । सम्हालिएर हिँड्नुपर्ने स्थिति चाहीं छ । समय मै एउटा टास्कफोर्स (राजनैतिक रंग र स्वार्थ नभएको) बनाएर अल्पकालीन र दिर्घकालीन समाधानका उपायमा काम गर्न जरुरी छ ।

नविल बैंकका महाप्रवन्धक ज्ञवालीको फेसबुक एकाउन्टबाट साभार

Advertisement

Advertisement