नेप्सेमा सुधार देखिंदा कारोबार रकम भने घट्यो

Advertisement

काठमाडौँ । लगातार घटिरहेको शेयर बजारमा आज सुधार देखिएको छ । नेप्से उकालो लागे पनि कारोबार रकममा भने गिरावट आएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.३२ अंकले बढेको हो । ०.७४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २२१७.१९ अंकले बढेको हो । 

Advertisement

आज २२४ कम्पनीका ३१ लख ७ सय ३० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५ सय ४२ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार बढेको दिन आज ट्रेडिङ ३.१६ प्रतिशत र म्युचुअल फण्ड ०.०४ अंकले घटे भने बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूह ७६.७४ अंकले बढेको हो । 

बजार बढेको दिन आज लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ५.९५ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज एनआईसी एशिया लघुवित्तको प्रोमोटर शेयरको सबैभन्दा बढी कारोबार भएको छ । उक्त प्रोमोटर शेयर ४ करोड ८४ लाख ८० हजार ६ सय रुपियाँ बराबरको किनबेच भएको हो । 

साताको पहिलो दिन हिजो सोमबार बजार ३४.२१ अंकले घट्दा १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १ सय ९२ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement