सूर्या लाइफ र ज्योति लाइफबीच मर्जर सम्झौता

Advertisement

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार मर्जर सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा सूर्या लाइफका अध्यक्ष केशव भट्टराई र ज्योति लाइफका अध्यक्ष नन्दकिशोर शर्माले हस्ताक्षर गरे । 

उनीहरुले मर्जरपछि पनि कर्मचारी नहटाउने निर्णय गरेका छन् । अब नयाँ बन्ने कम्पनीको पूँजी कोष ६ अर्ब १३ करोड रुपियाँ पुग्नेछ । अहिले सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ५५ करोड तथा ज्योति लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपियाँ छ ।

Advertisement

बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब रुपियाँ पुर्याउन निर्देशन दिएसँगै बीमा क्षेत्रमा मर्जको सुरुवात भएको छ ।

Advertisement

Advertisement