बेलायतबाट पठाएको रकम जनता बैंकका सबै शाखाबाट भुक्तानी लिन सकिने

Advertisement

काठमाडौं । जनता बैंकले बराक साजन एक्स्चेन्ज लिमिटेड, बेलायतसँग सम्झौता गरी संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ ।

बराक साजन एक्स्चेन्ज लिमिटेड ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीको रुपमा आबद्ध भएको बराक बैंक लिमिटेड, बंगलादेशको भगिनि संस्था हो । भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको ठूलो समुदायमा एक्स्चेन्ज सेवा पु¥याउदै आएको बराक साजन एक्स्चेन्ज लिमिटेडले यो सम्झौता सँगै पहिलो पटक नेपाली समुदायमा पनि सेवा प्रारम्भ गर्नेभएको छ ।

सम्झौता अनुसार यी मुलुकहरुमा भएका नेपालीहरुले समेत जनता रेमिट मार्फत पठाइएको रकम देशभरी रहेका जनता बैंकको शाखाबाट भुक्तानी लिन अथवा जनता बैंकमा रहेको आफ्नो खातामा जम्मा गर्न सकिनेछ ।

बराक साजन एक्स्चेन्ज लिमिटेडले पोल्याण्ड, इटली, पोर्चुगल र स्पेनमा पनि आफ्नो सेवा विस्तार गर्ने जनाएको छ । उक्त रेमिट सेवाबाट यस अतिरिक्त करिव १७ हजारको संख्यामा छरिएका सम्सारा रेमिट, आईपे रेमिट, बूम रेमिट, जिएमई रेमिट र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिनेछ ।

जनता बैंकले देश भरीमा १२९ शाखा सञ्जाल, ५० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ८२ एटिएमबाट सरल र सहज र सरल रुपमा बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement