​नागरिक लगानी कोषले सुरु गर्यो सन्ध्याकालिन सेवा

Advertisement

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्वि स्वीकृत अवकास कोषका सहभागीलाई थप सेवा प्रवाह गर्ने उद्देश्यले सन्ध्याकालिन सेवा सुरु गरेको छ । 

यो सेवा आइतवारदेखि बिहीवारसम्म कोषमा आवद्ध सेवाग्राहीले बिहान १० बजेदेखि १ बजेसम्म राजिनामा÷अवकाससम्बधी भुक्तानी तथा सापटी फारम दर्ता गर्ने गरेकोमा अब अपरान्ह ४ बजेसम्म दर्ता गर्ने व्यवस्था मिलाइएको छ । 

त्यसैगरी शुक्रबार २ बजेसम्म राजीनामा÷अवकाश÷भुक्तानी तथा सापटी भुक्तानीको फारम दर्ता गर्ने गरेकोमा अब ४ बजेसम्म गर्ने व्यवस्था गरिएको छ । साथै भुक्तानीको हकमा फारम दर्ता गरेकै दिनमा कोषले आइतवारदेखि बिहीबार ६ बजेसम्म तथा शुक्रबार अपरान्ह ४ बजेसम्म राजिनामा÷अबकास तथा सापटीको भुक्तानीको व्यवस्था मिलाइएको छ । यो सेवा सुचारु भएपछि करिव एक लाख ६६ हजार सेवाग्राहीले सुविधा पाउने कोषको भनाई छ ।

Advertisement

Advertisement

Advertisement