छ वटा शहरमा एनसेल मेला हुने, भ्रमण बर्षलाई पनि सघाउ पुर्याउने लक्ष्य

Advertisement

काठमाडौं । एनसेल प्रालीले देशको विभिन्न ६ वटा शहरहरुमा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ । यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगञ्ज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले बुधबार जनाएको जनाएको छ ।

एनसेलले यो मेला आफ्नो ब्राण्डको सार ‘आज, भोलि, सधै सँगै’ अनुरुप आयोजना गर्न लागेको जनाएको छ । यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउँदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने लक्ष्य पनि राखेको उसको भनाई छ ।

चर्चित कलाकार तथा साङ्गीतिक समूहहरुको प्रस्तुती, किड्स जोन, गेम स्टल र फुड स्टलहरुसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरुसहित यो एक दिने एनसेल मेलाको सुरुवात इटहरीबाट हुनेछ । मंसिर २८ गते इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा यो मेला आयोजना गरिनेछ । यो मेला मंसिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान, पुस ३ गते जनकपुरको बाह्र बिधा मैदान र पुस ५ गते वीरगञ्जको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ ।

त्यसैगरी यो एनसेल मेला पुस ९ गते धनगढीको सुदुर पश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ बुटवलको सिद्देश्वरी स्कुल मैदान, दीपनगरमा आयोजनापछि समापन हुनेछ ।

यी ६ वटै शहरहरुमा एनसेल मेला १० बजे सुरु भई कम्सर्टसहित साझ ७ बजेसम्म चल्नेछ । गीत–संगीत, किड्स जोन, डिजिटल जोनदेखि विभिन्न फिजिकल एक्टिभिटी बुथहरु, स्थानीय पर्यटन गन्तव्यहरुको प्रवर्धन र एनसेलका विभिन्न सेवा तथा सुविधाहरुमा आर्कषक अफर र उपहारहरु यस मेलामा समावेश गरिएका छन् । मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएको एनसेलको भनाई छ ।

मेलामा प्रवेश निःशुल्क हुनेछ र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । चर्चित कलाकार तथा सांगीतिक समूहहरुको सांगीतिक प्रस्तुती, बालबालिकाका मनोरञ्जनका विविध गतिविधि तथा गेम स्टलहरु, विदेशी कलाकारहरुको सुटिङ स्टार एक्ट, थिम गेमहरु र ओकुलस भर्चुअल जोन यो मेलाको केही आकर्षणहरु हुन् ।

मेलामा गायकहरु दीपक बज्राचार्य र रिदम ब्याण्ड, आषिश राना (लाउरे), कालिप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाईं, कलाकार प्रियंका कार्कीले आफ्नो प्रस्तुतीहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । वीरगञ्ज र जनकपुरमा भोजपुरी गायक सुनिल पण्डितको पनि प्रस्तुती रहनेछ । मेलाको उद्घोषण कलाकार रेमन दास श्रेष्ठ र साहना बज्राचार्यले गर्नेछन् ।
किड्स जोनमा पेन्टिङ, प्लेडो, लेगो, प्रि गो होभर बोर्ड, मिनी गो कार्ट, पोगो स्टिक, इन्फ्लेटेड क्यासल, डक फिसिङ र एङ्ग्री बर्ड लगायतका विभिन्न रमाईला गेभ तथा गतिविधिहरु हुनेछन् । युवाहरुका लागि पनि विभिन्न आकर्षक गेमहरु जस्तै पेनाल्टी किक, ब्यालेन्स द ह्याङ्गर, नि ट्रेम्बलर, स्नुकर प्रो र अन्य थुप्रै कार्यक्रमहरु रहनेछन् ।

मेलामा आगन्तुकहरुले एनसेलको फोरजी र अरु प्रोडक्टहरुका थिम गेमहरुको मजा लिँदै पुरस्कारहरु जित्न सक्नेछन् । कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरुका बारेमा पनि जानकारी लिन सक्ने जनाइएको छ । दर्शकहरुले मेलामा नै आवश्यक कागजातहरु बुझाई फोरजी सिम खरिद गर्न तथा आफ्नो पूरानो सिमलाई फोरजी सिममा अपग्रेड पनि गर्न सक्नेछन् । एनसेलका ग्राहकहरुले मेलासम्बन्धि थप जानकारीका लागि १७१३३ मा डायल पनि गर्न सक्छन् ।

Advertisement

Advertisement

Advertisement