Advertisement

काठमाडौं । उद्योग राज्यमन्त्री मोतीलाल दुगडले विद्युत महशुल बढाउने नभई घटाउनुपर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत नियामन आयोगले महशुल बढाउने गृहकार्य गरिरहेको बेला मन्त्री दुगडले महशुल नबढ्ने बताएका हुन् । उनले नेपाली उद्योगहरुको उत्पादन लागत उच्च भइरहेको बेला थप बढाउने कुरा गर्न हुँदैन भन्दै भने, ‘अब प्रतिस्पर्धी भएन् भने गाह्रो छ । हाम्रो सामान, भारत, चीन, युरोप अमेरिका जानुपर्यो । त्यसको लागि हाम्रो सामान प्रतिस्पर्धी र गुणस्तरीय हुनुपर्यो । त्यसलाई लागि विद्युत महशुल बढाउने होइन् घटाउनुपर्छ ।’

Advertisement

राज्यमन्त्री दुगडले सरकारी कार्यशैली परम्परागत हुँदा उद्योगी व्यवसायी र आम जनताले दुःख र हैरानी खेप्नुपर्ने बाध्यता रहेको भन्दै जसको कारण उनीहरुले महत्वपूर्ण समय खेर जाने गरेको बताए । त्यसलाई परिवर्तन गर्न आफू लागिपरेको उनले बताए । साथै, दुगडले सार्वजनिक संस्थानहरुलाई अब सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार चलाउन लागिएको बताए । उनले त्यसका लागि कानुन निर्माण भइरहेको बताउँदै पीपीपी मोडलमा गएपछि संस्थानहरुको कार्यक्षमता र आर्थिक अवस्थामा पनि सुधार आउने बताए । थप कुराकानी भिडियोमाः

Advertisement