कुलमान घिसिङलाई विद्युत प्राधिकरणको एमडी बन्न ओलीले रोकेका हुन्ः बर्षमान पुन

Advertisement

काठमाडौं । पूर्व उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बन्नबाट प्रधानमन्त्री केपी ओलीले रोकेको बताएका छन् । आइतबार एक अन्तरवार्तामा मन्त्री पुनले नियमिति च्यानल र ठाडो प्रस्तावकै रुपमा आफुले घिसिङलाई प्राधिकरण्मा पुन नियुक्ति गर्ने प्रस्ताव लगेको तर प्रधानमन्त्री ओलीले रोकेको बताएका हुन् । 

‘मैले कुलमान जीलाई पुन नियुक्त गरौं भने प्रस्ताव लगेको हुँ, प्रधानमन्त्रीज्यूले मान्नु भएन, यो कुरा २५ जना मन्त्रीहरुलाई थाहा छ, यो प्रशंग अहिले सान्दर्भिक छैन तर प्रधानमन्त्रीको राम्रा र काम गर्ने मान्छेलाई छान्ने बानी देखिएन’,पूर्व मन्त्री पुनले भनेका छन् । 
 

Advertisement

Advertisement

Advertisement