नवनियुक्त उर्जामन्त्री रायमाझीलाई बधाई दिन भारतीय राजदूत सिंहदरबार पुगे

Advertisement

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलबार भेटेर बधाई दिएका छन् । 

नेकपाको (प्रचण्ड–माधव समूह) छोडेर आफ्नो समूहमा आएवापत प्रधानमन्त्री केपी ओलीबाट उर्जामन्त्री पद प्राप्त गरेका रायमाझीलाई बधाई दिन क्वात्रा उर्जा मन्त्रालय पुगेका थिए । 

Advertisement

भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको जनाइएको छ । रायमाझीले मन्त्री पदको पदबहालीका क्रममा अमेरिकी परियोजना एमसीसी पास गर्नुपर्ने बताएका थिए । 

Advertisement

Advertisement