२०७९ सालमा प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्‍याउने आयोगको दाबी

Advertisement

काठमाडौँ । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले दीर्घकालीन सोचको अवधारणा स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको आयोग बैठकले अवधारणा स्वीकृत गरेको हो ।

उक्त सोचमा कोभिड–१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थान, रूपान्तरण एवं वित्तीय संघीयता र प्रदेश तथा स्थानीय तहबाट आर्थिक समृद्धिको आधार निर्माण गरिने जनाइएको छ । 

Advertisement

२०७९ सालमा अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी प्रतिव्यक्ति आय १४ सय अमेरिकी डलर पुर्‍याउंने दाबी गरिएको छ । त्यस्तै २१०० सालमा उच्च आय भएको विकसित मुलुकमा रूपान्तरण गर्दै प्रतिव्यक्ति आय १२ हजार १ सय अमेरिकी डलरमा पुर्‍याउने सोचको महत्त्वाकांक्षा छ । कृषि, उद्योग र सेवाको क्षेत्रलाई परिष्कृत एवं आधुनिकीकरण गर्दै अर्थतन्त्रको संरचनात्मक रूपान्तरण गरिने सोचको अवधारणामा उल्लेख छ । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement