अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी सामाजिक सञ्जालमा लेख्न कडाई गरिँदै

Advertisement

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल नियन्त्रणको उद्देश्यसहित तयार पारेको निर्देशिकामा विघटित प्रतिनिधिसभामा दुई वर्षदेखि अड्किएको सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयककै अधिकांश प्रावधान समेटिएका छन् । 

२०७५ फागुन २ मा संघीय संसद्मा दर्ता भएको विधेयक प्रतिनिधिसभा विघटन भएको दिन (२०७७ पुस ५) सम्म पारित भएको थिएन । सामाजिक सञ्जालमा लेखेकै भरमा अत्यधिक जरिवाना र जेल सजाय गर्न सकिने तथा सामाजिक सञ्जालमा भएका सामग्री अदालतको आदेशबिनै सरकारी कर्मचारीको निर्देशनमा हटाउनुपर्ने बाध्यकारी प्रावधानका कारण अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजिएको भन्दै यसको सर्वत्र विरोध भएको थियो । आपत्तिजनक प्रावधानकै कारण सत्तारूढ नेकपाको बहुमत रहेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमै यसलाई पारित गर्न हम्मे परेको थियो ।

Advertisement

संसद् विघटन गरेर वैशाखमा चुनाव घोषणा गरेको सरकारले यही विधेयकका प्रावधान समेटेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमनसम्बन्धी निर्देशिका–२०७७ को मस्यौदा तयार पारेको हो । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement