धरहराको अन्तिम तलाको ढलान हुँदै

Advertisement

काठमाडौं । महाभूकम्प २०७२ बाट क्षतिग्रस्त ऐतिहासिक पुरातत्विक सम्पदा धराहराको पुनर्निर्माणअन्तर्गत ढलान गर्ने काम अन्तिम चरणमा पुगेको छ । धराहराको पुननिर्माणअन्तर्गत अहिले २१औं तलाको ढलान सकेर २२औं तलाको ढलान सुरु भएको छ । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो ।

भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो । बृहत् धरहरा पुनर्निर्माणअन्तर्गत हुलाक कार्यालय तथा काठमाडौं मलसम्मको क्षेत्र खाली गराएर पुनर्निर्माणको भइरहेको हो । सो ठाउँबाट खिचापोखरी हुँदै निस्कने ६ मिटरको बाटो निर्माण हुनेछ । स्थानीयको मागअनुसार ६ मिटरको बाटो निर्माण गर्न लागिएको सम्पदाविद् राजुमान महर्जन बताउँछन् ।

Advertisement

४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुनेछ । धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङस्थलसमेत रहनेछन् ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement