आयल निगमले फेरि पनि इन्धनको मूल्य बढायो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपियाँ मूल्य बढाएको हो । 

निगमले विगत केही महिलादेखि लगातार इन्धनको मूल्य बढाउँदै आएको छ । यसअघि गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ बढेकोले नेपालमा पनि मूल्य बढाउनु परेको निगमको भनाई छ । 

Advertisement

मूल्य वृद्धिपछि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१, डिजेल र मट्टितेलको १०४–१०४ रुपियाँ तय गरिएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिक उडानको प्रतिलिटर दुई रुपियाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपियाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । 

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपियाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपियाँ घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने जनाइएको छ  । 

Advertisement

Advertisement