आईपीओ निष्काशनका लागि डिशहोमसहित १७ कम्पनी लाइनमा (सूचीसहित)

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा १७ कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न आवेदन दिएका छन् । ती कम्पनीहरूले पाँच करोड ९६ लाख कित्ता (पाँच अर्ब ९६ करोड रुपियाँ) सेयर निष्कासनका लागि आवेदन दिएका हुन । 

यसमध्ये सबैभन्दा धेरै जलविद्युत कम्पनी रहेका छन् । बोर्डमा १३ जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन । जलविद्युत कम्पनीहरू मात्रै पाँच करोड ४५ लाख कित्ता सेयर निष्कासन गर्न अनुमतिको लागि पर्खाईमा रहेका छन् । त्यस्तै, तीन लघुवित्त कम्पनीहरूले आईपीओ निष्कासन लागि आवेदन दिएका छन् । यीन कम्पनीले २७ लाख ६० हजार कित्ता आईपीओ निष्कासनका गर्न लागेका हुन् ।
 
यस्तै, डिस मिडिया नेटवर्क (डिशहोम)को २३ लाख ८५ हजार कित्ता सेयर निष्कासनको पर्खाइमा रहेको बोर्डले जनाएको छ । यसमध्ये सबैभन्दा धेरै आईपीओ निष्कासनको लागि साहस उर्जा कम्पनीले आवेदन दिएको छ । यस कम्पनीले प्रतिकित्ता एक सय रुपियाँको दरमा एक करोड पाँच लाख कित्ता सेयर निष्कासन गर्न आवेदन दिएको हो । 

Advertisement

निषेधाज्ञाको कारण रोकियो आईपीओ निष्कासन प्रक्रिया 
निषेधाज्ञापछि धितोपत्र बोर्डले कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छैन् । यो समयमा नयाँ आउने लगानीकर्तालाई डिम्याट खोल्न समस्या हुने, स्थानीय बासिन्दालाई पनि आईपीओ भर्न जान समस्या हुने भएकाले आईपीओ निष्काशन प्रक्रिया रोकेकको बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बताए । 

उनी भन्छन्, ‘आईपीओ निकाष्कानको लागि धितोपत्र बोर्डले गर्नुपर्ने आन्तरिक काम भइरहेको छ । तर, अहिले बन्दको समय भएको कारण जलविद्युत कम्पनीको फिल्ड भिजिटको काम रोकिएको छ । आईपीओ निष्कासनको लागि सबैभन्दा धेरै जलविद्युत कम्पनीको आवेदन आएको छ । यसको अध्ययन नगरी निष्कासन प्रक्रिया अगाडि नबढेने भएको कारण आईपीओहरू पाईपलाईन छन् ।’

निषेधाज्ञा खुल्ने बित्तिकै आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्ने उनले बताए । यसअघि मध्यभोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि निष्कासन खुला गरेको आईपीओ पनि निषेधाज्ञाको कारण स्थगन गरिएको थियो ।

 

Advertisement

Advertisement